अल्जेरिया पनि नकाउट चरणमा

काठमाडौं । खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले अल्जेरियासँग ३–३ गोलको नाटकीय बराबरी खेल्दै विश्वकपमा आफ्नो यात्रा जीवन्त राखेको छ ।

रोमाञ्चक खेलको इन्जुरी समयमा मैदान छिरेका सब्स्टिच्युट खेलाडी तथा उल्भ्सका स्ट्राइकर सासा कालाज्दिचले हेडमार्फत गोल गर्दै अस्ट्रियालाई हारबाट जोगाएका हुन् । बायाँबाट आएको क्रसलाई पेनाल्टी बक्समा हेडमार्फत मिलाइदिएपछि कालाज्दिचले त्यसलाई जाली चुमाएका थिए ।

यो बराबरीसँगै अस्ट्रिया समूहको दोस्रो स्थानमा रहँदै अन्तिम ३२ मा प्रवेश गरेको छ । नकआउट चरणको अन्तिम ३२ मा अस्ट्रियाले अब बलियो प्रतिद्वन्द्वी स्पेनको सामना गर्नेछ भने अल्जेरियाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्ने तय भएको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर