पाेर्चुगल बराबरमा, कंगोले उज्बेकिस्तानलाई हरायो
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा उज्बेकिस्तानविरुद्ध कंगो डीआरले जित निकालेको छ। एटलान्टा रंगशालामा सम्पन्न खेलको इन्जुरी टाइममा योवान विसाले गोल गर्दै उज्बेकिस्तानविरुद्ध कंगो डीआरले ३-१ गोल अन्तरले जित निकालेको हो।
यस्तै, खेलको ७८औं मिनेटमा फिस्टन मेलेले गोल गरेर कंगो डीआरलाई २-१ को अग्रता दिलाएका थिए भने खेलको ६८औं मिनेटमा कंगोकै विसाले पेनाल्टीमार्फत गोल प्रहार गरेर टिमलाई बराबरीमा पुर्याएका थिए। यसअघि खेलको १०औं मिनेटमा नै उज्बेकिस्तानका एल्डोर शोमुरोडोभले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए।

पोर्चुगल बराबरीमा रोकियो
कोलम्बिया समूह ‘के’ को विजेता बनेको छ । पोर्चुगल र कोलम्बियाबीचको खेल गोलरहित बराबरीमा टुंगिँदा उनीहरूले अंक साझा गरे । यसअघि कोलम्बियाले उज्वेकिस्तानलाई ३-१ र डीआर कंगोलाई १-० ले पराजित गर्दै ६ अंक जोडिसकेको थियो ।
पोर्चुगलसँगको खेलपछि उसले तालिकामा सात अंक जोड्दै शीर्षस्थानमा रहेको हो । उपविजेता पोर्चुगलले यसअघि डीआर कंगोसँग १-१ को बराबरी खेलेको थियो भने उज्वेकिस्तानलाई ५-० ले पराजित गरेको थियो । तालिकामा पोर्चुगलको पाँच अंक रहेकाे छ ।
