घन्टी पार्टीमा महामन्त्रीका आकांक्षी बढेपछि चुनाव हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमा महामन्त्री पदमा ६ जना आकांक्षी देखिएपछि निर्वाचनको स्थिति पैदा भएको छ । पुराना पार्टीमा जस्तै नेताले भनेपछि मान्ने अवस्था नभएपछि सभापति रवि लामिछाने निर्विरोधको प्रयासपछि कुना पसेर चुनाव गराउनेतर्फ लागेका छन् ।

हालसम्म ६ जना प्रभावशाली नेताले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। खुला केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक हुने क्रम जारी रहे पनि निर्वाचित भइसकेका नेताहरूले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका हुन्।

अहिलेसम्म महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गर्नेमा खुला केन्द्रीय सदस्यतर्फ तेस्रो सर्वाधिक मत ल्याएर निर्वाचित शिशिर खनाल र चौथो स्थानमा रहेका सागर ढकाल छन्। यस्तै छैटौँ स्थानमा निर्वाचित रञ्जु दर्शना, सातौँ स्थानका मनिष झा, दशौँ स्थानका विपिन आचार्य तथा १९औँ स्थानमा निर्वाचित प्रमोद न्यौपानेले पनि महामन्त्री पदमा आफ्नो दाबी सार्वजनिक गरिसकेका छन्।

महामन्त्री पदलाई सभापतिपछिको सबैभन्दा प्रभावशाली जिम्मेवारीका रूपमा हेरिने भएकाले यसपटकको प्रतिस्पर्धा निकै चासोका साथ हेरिएको छ। उम्मेदवारहरूबीच संगठन विस्तार, पार्टी सञ्चालन र भावी नेतृत्वको दृष्टिकोणलाई लिएर आन्तरिक प्रतिस्पर्धा देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर