कोलम्बियाले डीआर कंगोलाई १–० ले हरायो

काठमाडौं । कोलम्बियाले विश्वकप २०२६ मा बुधबार नकआउट चरणको यात्रा तय गरेको छ ।   उसले समूह ‘के’ मा आज भएकाे खेलमा डीआर कंगोलाई १–० ले हरायो ।

स्टाडियो ग्वाडालाजारामा भएको खेलको एक मात्र गोल ड्यानिएल मुनोजले गरे । खेलको ७६ औं मिनेटमा मुनोजले कंगाको पेनाल्टी एरियामा पाएको बललाई गोलमा परिणत गरे ।

लगातार दोस्रो जितपछि कोलम्बियाको छ अंक भएको छ र समूहको शीर्षमा रह्यो । पोर्चुगल चार अंकमा दोस्रो स्थानमा छ ।

कंगो भने एक अंकमै सीमित रहेर तेस्रो स्थानमा रह्यो । उज्वेकिस्तान भने शून्य अंकमा पुछारमा रह्यो र उसको चुनौती समाप्त भइसकेका छ । अब समूह विजेताको निर्णय गर्नका लागि कोलम्बियाले पोर्चुगलको सामना गर्नेछ । अर्को खेलमा कंगो र उज्वेकिस्तान भिड्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर