विश्व कप २०२६ : क्रोएसिया १–० गोलले विजयी

काठमाडौं । क्रोएसियाले फिफा विश्वकप २०२६ मा बुधबार पानामालाई १–० ले पराजित गरेको छ । यो नतिजाले क्रोएसियाको नकआउट चरण पुग्ने सम्भावना कायम रह्यो । तर पानामा भने प्रतियोगिताबाट बाहिरिएको छ ।

लगातार दोस्रो हारपछि पानामाको चुनौती समाप्त भएको हो । समूह एल मा इंग्ल्यान्ड र घाना चार चार अंकमा छन् । त्यसपछि क्रोएसियाको तीन अंक छ । पानामा भने शून्य अंकमै सीमित रह्यो ।

टोरन्टो स्टेडियममा भएको खेलमा एक मात्र गोल एन्टे बुडिमिरले ५४ औं मिनेटमा गरे । जोसिफ स्टानिसिचले निकालेको लो क्रसलाई बुडिमिरले सजिलै पोस्टको दिशा दिएका हुन् । अब समूहको लिग चरणको अन्तिम दिनको खेलमा पानामाले इंग्ल्यान्ड र क्रोएसियाले घानाको सामना गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर