मेस्सीले कायम गरे विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान
काठमाडौं । फिफा विश्वकप अन्तर्गत गएराति भएको खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई २–० गोल अन्तरले पराजित गरेको छ। यो जितसँगै अर्जेन्टिना एक खेलअगावै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। कप्तान मेस्सीले खेलको ३८ औँ मिनेट पहिलो गोल गर्दै अजेन्टिनालाई अग्रता दिलाएका थिए।
यो गोलसँगै मेस्सी विश्वकप फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन्। विश्वकप इतिहासमा मेसीको यो १७ औँ गोल हो। उनले विश्वकपमा यसअघि सर्वाधिक १६ गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमानलाई उछिनेका छन्। मेसीले इन्जुरी सयमको पाँचौँ मिनेटमा अर्जेन्टिनाको लागि दोस्रो गोल गरेका हुन्। अस्ट्रियाले भने खेलमा कुनै गोल गर्न सकेन।
जारी विश्वकपको पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गरेको थियो। ती सबै गोल मेसीले नै गरेका थिए। अस्ट्रियाले भने पहिलो खेलमा जोर्डनलाई ३–१ ले पराजित गरेको थियो। अब उसले नकआउट चरणमा प्रवेश गर्न समूह चरणको अन्तिम खेलसम्म पर्खनुपर्नेछ।
