क्यानडा-बोस्निया हर्जगोभिनाबीच १–१

काठमाडौं । सहआयोजक क्यानडाले विश्वकप २०२६ मा बोस्निया हर्जगोभिनिविरुद्धको खेल १–१ को बराबरीमा टुंग्याएको छ । ७८ औं मिनेटमा कायल लरिनले गरेको गोलमा क्यानडाले बोस्निया हर्जगोभिनाविरुद्धको खेल १–१ को बराबरीमा टुंगिएको हो ।

घरेलु मैदानमा क्यानडाको यो पहिलो गोल हो । क्यानडाले विश्वकपमा अंक बटुलेको पनि यो पहिलो अवसर हो । क्यानडाको विश्वकपमा यो तेस्रो सहभागिता हो । टोलीले यसअघि १९८६ मा मेक्सिकोमा र २०२२ मा कतारमा विश्वकप खेलेको थियो, तर ती दुई खेलमा उसले कुनै अंक बटुल्न सकेको थिएन ।

बोस्निया हर्जगोभिनाले पहिलो हाफमा १–० को अग्रता बनाएको छ । जोभो लुकिजको हेड गोलमा बोस्निया हर्जगोभिनाले २१ औं मिनेटमा अग्रता लिएको हो । १२ वर्षपछि विश्वकपमा पुनरागमन गरेको बोस्नियाका लागि जोभो लुकिजले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर