दक्षिण कोरियाले चेक रिपब्लिकलाई २-१ को गोलको अन्तरले हरायो

काठमाडौं ।  विश्व कप २०२६ अन्तर्गत आज मेक्सिकोमा सम्पन्न दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २-१ को गोलको अन्तरले पराजित गरेको छ । स्टाडियो ग्वाडालाजारामा भएको खेलमा चेकले ५९औं मिनेटमा अग्रता लिएको थियो । चेकका लागि लाडिस्लाभ क्रेज्चीले हेडबाट गोल गरेका थिए । दक्षिण कोरियाका लागि ६७ औं मिनेटमा ह्वाङ इन बेमले गोल फर्काउँदै बराबरी गरेका थिए ।

त्यसपछि ८० औँ मिनेटमा ओ ह्युन ग्यूले गोल गर्दै टोलीलाई २–१ ले जिताएका हुन् । उनले बेओमको पासमा गोल गरेका हुन् । जितसँगै दक्षिण कोरियाले तीन अंक बटुलेको छ र समूह ‘ए’ को दोस्रो स्थानमा उक्लेको छ ।

यता यसै समूहको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै सुखद् शुरूवात गर्दै तीन अंक लिएको छ । यी नतिजाले दक्षिण कोरियासँगै मेक्सिकोको नकआउट चरण प्रवेश गर्ने सम्भावना बलियो भएको छ । मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर