विपक्षीको जेन्जी शहीदको सम्मानमा मौनधारण : सभामुखको आपत्ति !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले नेपाली भूमिबारे दिएको विवादास्पद अभिव्यक्ति सच्याउन र उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाउनुपर्ने माग राख्दै आएका प्रतिनिधिसभाका विपक्षीदलहरूले आजको बैठकमा विरोधको शैलीमा पविर्तन गरेका छन् ।
प्रतिनिधिसभाको आज मंगलबार बसेको बैठकमा नेपाली कांग्रेसका निश्कल राईले जेन्जी शहीदको सम्मानमा ५ मिनेट मौनधारण गराएका छन् । ५ मिनेटको मौनधारणपछि सभामुख डोलप्रसाद अर्यालेले त्यसप्रति आपत्ति जनाए । विपक्षी सांसदहरूले मौनधारण गरेलगत्तै सभामुखले प्रतिपक्षीको उक्त कदमलाई सभाको अपमानको रूपमा व्याख्या गरे ।
उनले बैठक आफूले सञ्चालन गरिरहेको अवस्थामा सांसदहरूले आफ्नै तरिकाले समय तोकेर मौनधारण गराउनु उचित नभएको बताए । सभामुखले भने, ‘सभा सञ्चालन भइरहेका बेला सदस्यहरूले आफ्नै विवेकअनुसार समय तोकेर गरिएको यस्तो गतिविधिले सभाको मर्यादामा असर पारेको छ । यसबारे म ध्यानाकर्षण गराउन चाहन्छु ।’
