नेपालले जित्यो एसियन गेम्स छनोट उपाधि

काठमाडौं । नेपालले एसियन गेम्सको क्रिकेटतर्फको छनोट प्रतियोगिता जितेको छ । आज भएको फाइनल खेलमा नेपाल डिएल मेथड अनुसार १९ रनले विजयी भएको हो ।

हङकङले दिएको १८९ रनको लक्ष्य पछाएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाउँदै ११४ रन बनाएपछि बर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल हुनसक्ने अवस्था नभएपछि नेपाल डिएल मेथड अनुसार १९ रनले विजयी भएको हो । नेपालका लागि कुशल भुर्तेलले आज पनि आक्रामक ब्याटिंग गर्दै ४० बलमा ६५ रन बनाएका थिए । त्यस्तै रोहित पौडेलले ३५ र कप्तान दीपेन्द्र सिंह ऐरीले ९ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको थियो  । हङकङका लागि अन्शुमन राठले सर्वाधिक ८० रन बनाए भने शाहिद वासिफले ५५ र शिव माथुरले २६ रन बनाएका थिए । त्यस्तै नेपाली बलर शेर मल्लले ४ विकेट लिए भने करण केसीले एक र सन्दीप लामिछानेले एक विकेट लिएका थिए ।  प्रतियोगिताबाट सेमिफाइनलमा पुगेका चारै देश नेपाल, हङकङ, ओमान र मलेसिया एसियन गेम्सका लागि छनोट भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर