राप्रपा मक्किएको र चर्किएको घर : धवलशमशेर

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पार्टी परित्याग गरेका महामन्त्री डा. धवलशमशेर जबराले आफ्नो राजनीतिक जीवनमा बितेका चार वर्ष निकै पीडादायी भएको बताएका छन् ।

काठमाडौंमा बिहीबार आफू पक्षीय नेता कार्यकर्ताहरूको भेलामा उनले पार्टीलाई सही दिशा र एजेण्डा प्राप्तिको मार्गमा लैजान आफूले भरपूर प्रयास गरेको भएपनि पार्टी नेतृत्व नै वाधक भएर उभिएको आरोप पनि लगाए । उनले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले नै आफूहरूलाई पार्टी छोड्न बाध्य बनाएको आरोप पनि लगाए ।

उनले पार्टीभित्र आफूहरूले बोकेको विचार, मूल्य र एजेण्डालाई अगाडि बढाउन नसकिएकै कारण नयाँ राजनीतिक यात्रा सुरु गर्नुपर्ने निष्कर्षमा पुगेको बताए । डा. जबराले राप्रपाको वर्तमान अवस्थालाई ‘मक्किएको र चर्किएको घर’ सँग तुलना गर्दै पुरानो संरचनाबाट अपेक्षित परिवर्तन सम्भव नभएको निष्कर्ष आफूहरूले निकालेको बताए ।

आज बिहीबार काठमाडौंमा एउटा भेला गरी महामन्त्री डा. राणाको नेतृत्वमा एक सय ८३ जना नेताहरूले राप्रपाबाट सामूहिक राजीनामा घोषणा गरे


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर