पार्टीको समीक्षात्मक अध्ययनका लागि कार्यदल गठन

काठमाडौं ।  नेकपा (एमाले) को सचिवालय बैठकले निर्वाचनको आङ्कलन र पार्टीको समीक्षात्मक अध्ययनका लागि उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

एमाले उपमहासचिव लेखराज भट्टका अनुसार थापाको संयोजकत्वमा गठन भएको कार्यदलमा उपाध्यक्षहरु विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरु पद्मा अर्याल, छविलाल विश्वकर्मा र आठ प्रदेशका ईन्चार्जहरु सदस्य रहनुभएको छ । समिक्षाको अवधि एक महिना रहेको उहाँको भनाइ छ ।

यसैगरी, बैठकले पदाधिकारीको वरियता निर्धारण गरेको छ । उहाँले भन्नुभयो, “अध्यक्ष, दोस्रोमा उपाध्यक्ष राम बहादुर थापा, तेस्रो उपाध्यक्ष विष्णु पौडेल, चौथो पृथ्वीसुब्बा गुरुङ, पाँचौं गोकर्ण विष्ट, छैटौं रघुजी पन्त, सातौं शंकर पोखरेल, आठौं लेखराज भट्ट, नवौं योगश भट्टराई, दशौं  रघुवीर महासेठ हुनुहुन्छ ।”

यसैगरी सचिवमा ११ औं छविलाल विश्वकर्मा, १२ औं पद्मा अर्याल, १३ औं खगराज अधिकार, १४ औं भानुभक्त ढकाल, १५ औं यमलाल कँडेल, १६ औं शेरधन राई, १७ औं राजन भट्टराई, १८ औं हिक्मत कार्की, १९ औं नम्बरमा महेश बस्नेतको वरियता निर्धारण भएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी, बैठकले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ । संविधान संशोधन सुझाव कार्यदलमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुली कुमारी महतो, अग्नि खरेल, महेश बर्तौता, कृष्णभक्त पोखरेल, टीकाराम भट्ट्राई, पासाङ शेर्पा, रमेश बडाल, अमर थापा सदस्य रहनुभएको छ । उहाँका अनुसार बैठकले पार्टी केन्द्रीय कार्यालयको नयाँ भवन मदननगर बल्खुमा निर्माण गर्ने निर्णय भएको जानकारी पनि दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर