ओलीको प्रतिक्रिया : “म सम्झिन्नँ, म यसरी छाड्दिनँ पनि”
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पछि नहट्ने बताएका छन् । पार्टीको शनिबार जारी सचिवालय बैठकमा अधिकांश नेताहरूले ओलीले अध्यक्ष पदबाट राजीनामा गरेर पुनर्गठनका लागि मार्ग प्रशस्त गर्न बहुमतले माग गरेपछि ओलीको उक्त प्रतिक्रिया आएको हो । बैठकमा ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘मलाई यसरी सम्झाएर सक्नुहुन्न । म सम्झिन्नँ । म यसरी छाड्दिनँ पनि।’
प्रतिक्रिया
