ओलीको हालत पातलो : सचिवालय बैठकमा बहुमत बिदा दिने पक्षमा ?

काठमाडौं । नेकपा एमालेको आजको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध महासचिव शंकर पोखरेलसहित थप पदाधिकारीले आफ्नो ओलीको कित्ता सफा गरेका छन् ।  बैठकमा बोलेका अहिलेसम्मका नेतामध्ये ओलीको कित्तामा उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव महेश बस्नेतमात्र देखिएका छन् ।

आज शनिबार बोलेका पदाधिकारीमध्ये बस्नेतबाहेक सबैले पार्टी यथास्थितिबाट नचल्ने भन्दै निकासका लागि मार्ग प्रशस्त गरेरै अघि बढ्नुपर्ने ओलीलाई सुझाएका छन् । महासचिव शंकर पोखरेलले पनि कार्यकर्तालाई ऊर्जा दिन र पार्टीलाई गति दिन अध्यक्षलाई निकास दिनुस् भनेर आग्रह गरेको एक पदाधिकारीले बताए । अब भोलि बस्ने बैठकमा शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले कुरा राख्ने ती पदाधिकारीले बताए ।

हिजो पहिलो दिन कुरा राखेका ५ उपाध्यक्षमध्ये ४ जनाले अध्यक्ष ओलीले मार्ग प्रशस्त गरेर अघि बढ्नुपर्ने सुझाएका थिए । १९ सदस्यीय पदाधिकारीमा अहिलेसम्म बोलेका १४ जनामध्ये १२ जना पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने पक्षमै एकमत देखिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर