आज पनि श्रम संस्कृति पार्टीको अवरोध
काठमाडौं । प्रतिनिधिसभामा आकस्मिक समय सभामुख डीपी अर्यालले केही सांसदलाई बोल्ने समय नदिएपछि बैठक केहीबेर प्रभावित बन्न पुगेको छ । आज बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखले केही सांसदलाई समय दिएर केहीलाई नदिएपछि बोल्न चाहनेहरु उठेर विरोध जनाएसँगै अन्ततः सभामुख समय दिन बाध्य भए । उनले सांसदहरु राजेन्द्र राई, इन्दिरा राना, बलावती शर्मालगायतलाई समय निर्धारण गरेका थिए ।
यसैबीच हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृृति पार्टीका सांसदले आज पनि प्रतिनिधिसभा बैठकमा प्लेकार्डसहित प्रदर्शन गरेका छन् । सभामुख डोलप्रसाद अर्याल (डिपी) ले बैठकको कारबाही सुरु गर्नासाथ राईसहित श्रम संस्कृति पार्टीका सांसद प्लेकार्ड देखाए । उनीहरुले पालैपालो सरकारविरोधी नारा लगाए ।
संसदीय सर्वोच्चता कायम गर, सरकार संसदप्रति जवाफदेही बन्नैपर्छ । विधिको शासन लागू गर, प्रतिपक्षको आवाज दबाउन पाइँदैन, प्रतिपक्षको संसद स्थापित गर भन्नेजस्ता नारा उनीहरुले लगाए ।
सभामुख अर्यालले राईसहित श्रम संस्कृतिका सांसदले पटकपटक संसदको मर्यादाविपरीत प्लेकार्ड प्रदर्शन गरिरहेकोमा आफ्नो ध्यानाकर्षण भएको बताए । ‘बैठकको मर्यादा कायम गर्नु सबैको कर्तव्य हो । संसद् नियमावलीको (२०) को खण्ड (झ) बमोजिम बैकबठको मर्यादा कागम राख्न म माननीइ सदस्यहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।’
नियमावलीको नियम (३०) मा रहेको व्यवस्थातर्फ ध्यानाकर्षण गराउँछु’, अर्यालले भने, ‘सभामा मर्यादाविपरीत प्लेकार्ड देखाउने गरेकाले नियम (३०) बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावजनी दिन्छु ।’ राईले नियम (१५) को पालना गर्न गराउन सभामुखलाई जवाफ फर्काए ।
