आईपीएल : कोलकाताले मुम्बईलाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट्स राइडर्सले मुम्बई इन्डियन्सविरुद्ध चार विकेटको जित दर्ता गरेको छ । बुधबार इडेन गार्डेन्समा मुम्बईले प्रस्तुत गरेको १४८ रनको लक्ष्य घरेलु टोली कोलकाताले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

कोलकाताका मनिष पाण्डेले ४५, रोभमन पावेल ४०, कप्तान अजिक्या रहानेले २१ र तेजस्वी धानियाले ११ रन बनाए । मुम्बईका लागि केर्बिन बोसले तीन विकेट लिए । दीपक चहर, जसप्रित बुमराह र अल्लाह गजान्फरको नाममा सामान एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङका लागि आएको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४७ रनको योगफल खडा गरेको थियो । मुम्बईका लागि केर्बिन बोसले ३२, कप्तान हार्दिक पाण्ड्याले २६, तिलक बर्माले २०, रोहित शर्मा र सूर्यकुमार यादव समान १५ रन जोड्दा विल ज्याक्सले १४ रन बनाए ।

कोलकाताका सौरभ दुवे, क्यामरुन ग्रिन र कार्तिक त्यागीले समान दुई तथा सुनील नारायणले एक विकेट लिए । जितसँगै १३ खेलमा १३ अंक जोडेको कोलकाता छैटौं स्थानमा छ । टोलीको प्लेअफ सम्भावना जिवितै छ । पराजित मुम्बई १३ खेलबाट आठ अंकका साथ नवौँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर