नेपाल मलेसियामाथि २ विकेटले विजयी
काठमाडौं । एसियन गेम्स खेल्न मलेसियामा रहेको नेपाली महिला टोलीले घरेलु टोलीलाई पराजित गरेको छ । आज बुधबार बिहान भएको खेलमा नेपालले मलेसियालाई २ विकेटले पराजित गरेको हो ।
मलेसियाले दिएको ६८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि सम्झना खड्काले ३२ र रुबी पोद्दारले १५ रन प्रहार गरे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । त्यसअघि पहिला ब्याटिङ गरेको मलेसिया १६.५ ओभरमा ६७ रन बनाएर अल आउट भएको छ । नेपालले यही २३ मेदेखि एसियन गेम्स खेल्नेछ ।
प्रतिक्रिया
