गुन्डुमा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीका अनुसार शनिबार दिउँसो बस्ने भनिएको बैठक नेताहरूको व्यस्तताका कारण आजका लागि सारिएको जानकारी दिए।

उनका अनुसार नेताहरू जेठ ३ गते मनाइने मदन–आश्रित दिवसका सन्दर्भमा व्यस्त भएका थिए। आजको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीसहित उनको निजी निवास गुन्डुमा बस्ने गरी तय भएको उनको भनाइ छ। बैठकमा समसामयिक राजनीति, सुकुमवासीका सवाल एवम् जनपक्षीय विषयमा छलफल हुने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर