गगन थापाले भने, “मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु”

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका असन्तुष्टपक्षलाई उनीहरूले मागेको पद दिन तयार रहेको बताएका छन् ।आज काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा सभापति थापाले पार्टीको केन्द्रीय समितिबाहिर रहेका नेताहरूसँग मिलेर काम गर्न तयार रहेको बताउँदै जुनसुकै पद पनि दिन तयार रहेको जनाएका हुन् ।

‘पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित हुनुभएका नेताहरूको जो अहिलो हुनुहुन्न केन्द्रीय समितिभित्र म त्यो प्रत्येक नेता जो चाहनुहुन्छ अहिलेको केन्द्रीय समितिभित्र ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, जसलाई जे ठाउँमा राख्ने हो राखेर म उहाँहरूलाई सँगै लिएर सहभागी गराएर काम गर्न चाहन्छु’, सभापति थापाले भने, ‘यो प्रस्ताव हो ।’

उनले आगामी महाधिवेशनको निर्वाचन समितिमा पनि कांग्रेस बाहिर रहेका नेताहरूको प्रस्ताव र सहमतिमा राख्न तयार गरेको जानकारी दिए । साथै, उनले पार्टीमा कुनै पनि निर्णय विशेष महाधिवेशनमा सहभागी भएका आधारमा नहुने प्रस्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर