आज एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं ।  नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बस्ने बैठकमा पार्टीभित्रको कार्यविभाजनबारे छलफल हुनेछ ।

बैठकमा कार्यविभाजन, गत निर्वाचनको समीक्षालगायत छलफल हुन सक्ने एक नेताले जानकारी दिए । “हामीलाई पनि बैठकको एजेन्डाबारे भनिएको छैन । तर, छलफलको विषयवस्तु यिनै हुन सक्छ,” ती नेताले भने ।

पछिल्लो समय प्रदेश सरकारको समीकरण हेरफेरका बारेमा पनि कांग्रेस र एमालेबीच छलफल जारी छ । सत्ता समीकरणका लागि दुई दलबीचको सहमति कार्यान्वयनका लागि प्रदेश सरकारको नेतृत्व हेरफेर गर्ने तयारी भइरहँदा सचिवालय बैठकमा यस विषयमा पनि छलफल हुन सक्ने ती नेताले बताए । एमाले अध्यक्ष ओलीको गिरफ्तारीपछि पहिलोपटक एमालेको सचिवालय बैठक बस्न लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर