आरसिबी आइपिएलको शीर्ष स्थानमा
काठमाडौं । विराट कोहलीको अविजित शतकीय इनिङ्सको मद्दतले रोयल च्यालेन्जर्स बेन्गलुरु (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएलमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ । यो जितसँगै आरसिबी अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रायपुरमा बुधबार राति सम्पन्न खेलमा कोलकाताले दिएको १९३ रनको लक्ष्य आरसिबीले १९.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो
रसिबीको जितका नायक विराट कोहली रहे । उनले ६० बलमा १०५ रनको विस्फोटक अविजित इनिङ्स खेले । उत्कृष्ट ब्याटिङ गरेका कोहली ‘प्लेयर अफ द म्याच’ बने । पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९२ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । तर, कोहलीको लयका अगाडि कोलकाताका बलर निरिह देखिए ।
तालिकाको शीर्ष स्थानमा उक्लिएको आरसिबीले १२ खेल खेल्दै आठ जित निकाल्दै १६ अंक जोडेको छ । समान अंक भए पनि गुजरात टाइनेन्स रनरेटका आधारमा दोस्रो स्थानमा छ । ११ खेल खेलेको कोलकाता भने ९ अंकसहित आठौं स्थानमा छ ।
