श्रम संस्कृति पार्टीका सांसदहरूले बैठक बहिष्कार गरे

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने क्रममा प्रधानमन्त्री उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले संसद् बैठक बहिष्कार गरेका छन्।

पार्टी अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरू बैठक छाडेर बाहिरिएका हुन्। प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री स्वर्णिम वाग्ले दिन लागेको भन्दै विपक्षी दलहरूले विरोध जनाएका छन्। विपक्षी सांसदहरूले प्रधानमन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै राजीनामासमेत माग गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर