बादलको नेपाली सेनामाथिको टिप्पणीको कडा प्रतिवाद

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधिसभामा सरकारी कार्यपत्रमाथि भएको छलफलका क्रममा नेपाली सेनालाई कुनै एक दलको संगठन भएको टिप्पणी गर्दा त्यसको सत्तारुढ दल र विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएका छन् ।

बैठकमा पूर्वरक्षामन्त्रीसमेत रहेका थापाले सरकारको नीति तथा कार्यक्रम खारेज गरेर पूर्ण संशोधन या पुनर्लेखन गर्नुपर्ने भन्दै नेपाली सेनाप्रति लक्षित गर्दै सेना कुनै दलको संगठन जस्तो भएको आरोप लगाएका थिए ।

त्यस विषयलाई लिएर नियमापत्तिको माध्यबाट रास्वपाका सांसद मनिष खनालले भने, ‘सम्मानित सदनमा सार्वभौम जनताको मताधिकार लिएको संसद्लाई उहाँले अराजक जमातको भिडको संज्ञा दिनु भएको छ । नेपाली सेनालाई विरोध गरेर विवादमा ल्याउने अभिव्यक्ति दिनु भएको छ। एउटा पार्टीले अर्को पार्टीलाई गर्नुपर्ने सम्मान पनि भएन । जेन(जी आन्दोलनलाई बादलले कथित निलो क्रान्ति भने त्यसैले रामबहादर थापा बादलले बोलेका सबै कुरा रेकर्डबाट हटाइयोस् ।’

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्वु ओलीले पनि बादलको भनाइप्रति आपत्ति जनाइन् । ‘नेपाली सेनामाथिको टिप्पणी एउटा संस्थामाथिको मात्रै प्रहार होइन । यस्ता अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउनुपर्छ’, उनले भनिन्, ‘यो गोर्खाली इतिहाससँग जोडिएको संस्था हो । सेनाको अपमान राष्ट्रप्रतिको असंवेदनशील व्यवहार हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर