सेनाको दुरुपयोग गरी सुकुम्बासी बस्तीमा आतंक : राई

काठमाडौं ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले नेपाली सेनाको दुरुपयोग गरी सुकुम्बासी बस्तीमा आतंक फैलाएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै अध्यक्ष राईले सीमा सुरक्षामा खटिनुपर्ने सेनालाई सुकुम्बासी बस्ती हटाउने काममा प्रयोग गरिएकोप्रति आपत्ति जनाए । उनले सरकारले चीन–भारतबीच लिपुलेक मार्ग हुँदै भइरहेको द्विपक्षीय व्यापारका विषयमा प्रभावकारी कूटनीतिक पहल गर्न नसकेको आरोप पनि लगाए ।

अध्यक्ष राईले लिपुलेक क्षेत्रमा भारतले नाका सञ्चालन गरिरहँदा सरकार मौन बसेको भन्दै कूटनीतिक असफलता भएको टिप्पणी गरे । ‘नेपाली सेनालाई सुरक्षाका लागि लिपुलेकतिर पठाइयो कि सुकुम्बासी बस्तीमा दादागिरी देखाउन प्रयोग गरियो ? सेनाको दुरुपयोग गरी गरिब जनताको बस्तीमा आतंक फैलाउनुको कारण के हो ? सरकारले जवाफ देओस्’ उनले भने ।

राईले सरकारले गरिब सुकुम्बासीलाई बेघर बनाउँदै आत्महत्यासम्म बाध्य पार्ने काम गरेको आरोप लगाउँदै राज्य असफल भएको दाबी गरे । उनले सरकारले नागरिकको मौलिक हक उल्लङ्घन गरेको र संविधानमाथि प्रहार भएको टिप्पणी गर्दै वर्तमान सरकारको औचित्यमाथि प्रश्न उठाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर