अन्तर्राष्ट्रिय मार्सल आर्ट्समा कोहलपुरकी विष्णु र सुजतालाई स्वर्ण

काठमाडौं ।  भारतको उत्तर प्रदेशस्थित सहारनपुरमा आयोजना भएको १ औं अन्तर्राष्ट्रिय इन्टिग्रल फाइटिंग ट्रेनिङ सेमिनार तथा इन्डो–नेपाल च्याम्पियनसिप २०२६” मा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको गौरव बढाएका छन् ।

‎इन्डियन इन्टिग्रल फाइटिंग एसोसिएसन, उत्तर प्रदेश भारतको आयोजनामा मे २ देखि मे ५ सम्म सञ्चालन भएको प्रतियोगितामा नेपालसहित विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपाली खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै पदक तथा उपाधि जित्न सफल भएका हुन् ।

‎‎महिला सिनियरतर्फ बाँकेको कोहलपुर–१२, चप्परगौडीकी विष्णु गिरीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेकी छन् । लामो समयदेखि नेपाललाई विभिन्न प्रतियोगितामा स्वर्ण पदक दिलाउँदै आएकी विष्णुले प्रतियोगिताभर आत्मविश्वासपूर्ण र दमदार खेल प्रस्तुत गर्दै उपाधि आफ्नो नाममा सुरक्षित गरिन् । उनको यो सफलता नेपाली महिला खेलाडीहरूका लागि प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर