गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई हरायो
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुलाई गुजरात टाइटन्सले पराजित गरेको छ । सुरुआती ब्याटिङ गरेको बैंगलुरुले २०औँ ओभरमा अलआउट हुँदै १५५ रन बनाएको थियो । जबाफी ब्याटिङमा उत्रिएको गुजरातले १५.५ ओभरमा ६ विकेटको क्षतिमा १५८ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।
बैंगलुरुका लागि विराट कोहलीले २८, देवदत्त पाडिकलले ४०, रजत पाटीदारले १९, रोमारियो शेफर्डले १७, वेंकटेस ऐय्यरले १२ तथा भुवनेश्वर कुमारले १५ रन जोडे । गुजरातका अर्सद खानले ३ तथा राशिद खान र जासन होल्डरले २/२ विकेट लिए । मोहम्मद सिराज र कागिसो रबाडाले पनि १/१ विकेट लिए ।
जबाफी ब्याटिङमा गुजरातका लागि शुभमन गिलले ४३ तथा जोश बटलरले ३९ रन जोडे । वासिङ्टन सुन्दरले १२ राहुल तिवतीयाले २७ तथा जासन होल्डरले १२ रन बनाए । बलिङतर्फ बैंगलुरुका भुवनेश्वर कुमारले ३ विकेट लिँदा रोमारियो शेफर्डले २ तथा सुयश शर्माले १ विकेट लिए ।
