राष्ट्रपतिले अध्यादेशबारे कानुनविदहरूसँग छलफल गर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले ल्याएका अध्यादेशहरुबारे परामर्श सुरु गरेका छन् । राष्ट्रपति पौडेलले आज दिउँसो ४ बजे कानून व्यवसायीहरुसँग छलफल गर्न लागेका छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार आजको छलफलमा वरिष्ठ कानून व्यवसायीहरु शम्भु थापा, टिकाराम भट्टराई, पूर्णमान शाक्य, भीमार्जुन आचार्य, बिपिन अधिकारी र शेरबहादुर केसी, ललित बस्नेतलाई छलफलमा बोलाइएको छ ।
सरकारले जारी गर्न सिफारिस गरिएका अध्यादेशहरू:
१. संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
क. संवैधानिक निकायमा नियुक्ति प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउने ।
ख. बैठक तथा सिफारिस कार्यविधि सुधार गर्ने ।
क. बचत तथा ऋण सहकारीलाई कडाइका साथ नियमन गर्ने ।
ख. इजाजतपत्र अनिवार्य गर्ने ।
ग. समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गर्न ‘चक्रय राहत कोष’ स्थापना गर्ने ।
३. विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश
क. विश्वविद्यालयरप्रतिष्ठानमा भएका राजनीतिक नियुक्ति तथा मनोनयन पुनरावलोकन गर्ने ।
ख. नयाँ पदमुक्ति व्यवस्थासँग मिलाउने ।
४. केही नेपाल ऐन संशोधन अध्यादेश
क.२० वटा कानुन संशोधन गर्ने ।
ख. भूमि, नापी, मालपोत, शिक्षा, वन, स्वास्थ्य, निजामती, बिमा लगायत क्षेत्रमा कानुनी अवरोध हटाउने ।
५. सार्वजनिक पदाधिकारी पदमुक्ति अध्यादेश
क. राजनीतिक रूपमा नियुक्त सार्वजनिक पदाधिकारीलाई पदमुक्त गर्ने विशेष व्यवस्था ।
६. सार्वजनिक खरिद ऐन संशोधन अध्यादेश
क. सार्वजनिक निर्माण र खरिद प्रक्रिया छिटो, प्रभावकारी र समयसापेक्ष बनाउने ।
