कांग्रेस सुधारको मार्गमा, सिटौलाको नेता पद चट्
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटाैलालाई हटाएको छ । उनको ठाउँमा कमलादेवी पन्तलाई मनोनीत गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिटाैलालाई हटाएर पन्तलाई मनोनीत गरेका हुन् । यस्तै प्रतिनिधिसभा संसदीय दलको उपनेतामा अभिषेक प्रताप शाह, मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राई मनोनीत भएका छन् ।
कांग्रेसको प्रेस नोट
मिति: २०८३।०१।१६ प्रेस नोट नेपाली कांग्रेस संसदीय दलका नेता माननीय भीष्मराज आङदेम्बेज्यूले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२ (२) बमोजिम राष्ट्रियसभा संसदीय दलको नेता पदमा माननीय कमला देवी पन्त, धारा ७ (१) बमोजिम प्रतिनिधि सभाका लागि उपनेतामा माननीय अभिषेक प्रताप शाह, धारा १३ (२) बमोजिम मुख्य सचेतकमा माननीय बासना थापा र धारा १३ (३) बमोजिम सचेतकमा माननीय निश्कल राईलाई मनोनयन गर्नु भएको छ । – नेपाली कांग्रेस संसदीय दल
