कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे निर्वाचित
काठमाडौं । प्रतिनिधिसभामा नेपाली कांग्रेसले आफ्नो संसदीय दलको नेतामा भीष्मराज आङदेम्बेलाई निर्वाचित गरेको छ । आज सोमबार बसेको संसदीय दलको बैठकले आङदेम्बेलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो ।
आजै बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई निर्विरोध संसदीय दलको नेता बनाउने सहमति जुटाएको थियो । आङदेम्बे अब प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दलको नेता हुनेछन् ।
प्रतिक्रिया
