कांग्रेसमा भोलि सहमतिमा नेताको नाम टुङ्ग्याइने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक सोमबार बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।

बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ । कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाएको छ ।

चुनाव भएको एक महिनाभन्दा धेरै समय भइसक्दा पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन । विशेष महाधिवेशन प्रकणदेखि आन्तरिक विवादमा फसेको कांग्रेसमा संसदीय दलको नेता चयन हुन नसक्नु पनि यही विवादले काम गरेको छ । कांग्रेसका प्रतिनिधिसभामा ३८ सांसद् छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर