आज कांग्रेस संसदीय दल नेताको निर्वाचन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रियाले आज हुुने भएको छ । पार्टीले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज शुक्रबार बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। उम्मेदवारी दर्ता र आवश्यक प्रक्रिया पश्चात् आजै साँझ ५ बजेसम्म मतदान सम्पन्न गरी नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।

संसदीय दलको नेताका लागि यसपटकको प्रतिस्पर्धामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। यीबाहेक मोहन आचार्य र निष्कल राईको नाम पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा रहेकाले प्रतिस्पर्धा बहुकोणीय हुने सम्भावना छ।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका ३८ जना सांसद रहेका छन्, जसले आज हुने मतदानमा सहभागी भई नयाँ दलको नेता छान्ने छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर