‘रविजी… यो रास्वपाकै निर्णय हो ?’ : साम्पाङ

काठमाडौं ।  श्रम संस्कृति पार्टीका अध्यक्ष  हर्क साम्पाङले सुकुमबासी बस्ती हटाउने सरकारी तयारीप्रति आपत्ति जनाएका छन्।

साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सरकारको कदमप्रति प्रश्न उठाएका हुन्। उनले विशेषगरी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै सुकुमबासी बस्ती भत्काउने निर्णय पार्टीकै हो कि होइन भन्ने प्रश्न गरेका छन्।

उनले लेखेका छन्, “रबी जी.. तपाइँको रास्वपाको निर्णय हो त सुकुमबासी बस्ती भत्काउने ? हिजो मात्रै सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप भन्दै भोट मागेको होइन र भन्या ?” भन्दै व्यंग्य गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर