किन स्थगित गरियो आह्वान गरिएको संसद् अधिवेशन ?

काठमाडौं ।  संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान हालका लागि स्थगित गरिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलबाट अधिवेशन स्थगित गरिएको राष्ट्रपतिको कार्यालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि वैशाख ८ गतेको मन्त्रिपरिषद् सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ९३ (१) बमोजिम आह्वान गरिएको अधिवेशन मन्त्रिपरिषद्कै वैशाख १० गतेको सिफारिसका आधारमा विशेष कारणवश हाललाई स्थगित गरिएको हो ।

यसरी आह्वान गरिएको संघीय संसद् अधिवेशन एकाएक किन स्थगित गर्न पर्‍यो भन्ने खुल्दुली सर्वत्र छाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर