आइपिएल : सनराइजर्स हैदराबादको जित
काठमाडौं । इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदराबादले प्रतियोगितामा चौंथो जित निकालेको छ। सातौं खेलमा हैदराबादले दिल्ली क्यापिटल्सलाई ४७ रनले पराजित गर्यो । जितसँगै ८ अंक बनाएको हैदराबाद तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय ४२ रन बनाएको थियो। उसका लागि ओपनर अभिषेक शर्मा ६८ बलमा १० चौका र १० छक्का प्रहार गर्दै १ सय ३५ रनमा अविजित रहे। उनी बाहेक ट्राभिस हेड ३७ रनमा आउट हुँदा कप्तान इशान किशले २५ रन बनाए। त्यस्तै हेनरीच क्लासेनले १३ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३७ रन बनाए।
जवाफमा २ सय ४३ रनको लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९५ रनमा समेटियो। उसका लागि नितिश रानाले ५७ रनको अर्धशतकीय इनिङ खेल्दा समिर रिजभीले ४१ तथा केएल राहुलले ३७ रन बनाए। त्यस्तै ट्रिस्टन स्टब्सले २७ रन बनाउँदा आसुतोष शर्माले १४ रन बनाए। हैदराबादका लागि एहसन मालिंगाले ४ विकेट लिँदा हर्स दुबेले ३ विकेट लिए।
