नेपाल ८ विकेटले विजयी, सिरिज बराबर

काठमाडौं ।  कुशल भुर्तेलको १५औं अर्धशतकसँगै नेपालले दोस्रो टी–२० आई खेलमा पाहुना टोली युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गरेको छ।  घरेलु टोली नेपालले मंगलबार सम्पन्न खेलमा ८ विकेटको सानदार जित निकाले हो। योसँगै नेपालले २ खेलको सिरिज १–१ को बराबरीमा पुर्‍याएर समाप्त गरेको छ। पहिलो खेलमा नेपालले ६ विकेटको नराम्रो हार बेहोरेको थियो।

तर, यसपल्ट भने युएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो। योसँगै पहिलो खेलको हारको बदला पनि नेपालले पूरा गरेको छ। नेपालको जितमा कुशलले अविजित रहँदै सर्वाधिक ८४ रनको योगदान दिए। उनले ५५ बलमा १२ चौका र २ छक्का प्रहार गरे।

तर, यसपल्ट भने युएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो। योसँगै पहिलो खेलको हारको बदला पनि नेपालले पूरा गरेको छ। नेपालको जितमा कुशलले अविजित रहँदै सर्वाधिक ८४ रनको योगदान दिए। उनले ५५ बलमा १२ चौका र २ छक्का प्रहार गरे। उनको यो करिअरको १५औं अर्धशतक हो। कप्तान दीपेन्द्रसिंह ऐरी २३ रनमा अविजित रहे। कुशल मल्ल १९ र डेब्यु खेल खेलेका सन्तोष यादव एक रनमा आउट भए। युएईका मोहम्मद अर्फान र नलांश केसवानीले समान १ विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर