इन्डियन्सले गुजरात टाइटन्स ९९ रनले पराजित

काठमाडौं ।  मुम्बई इन्डियन्सले जारी आईपीएल सिजनमा दोस्रो जित दर्ता गरेको छ। हिजो सोमबार भएको खेलमा मुम्बईले गुजरात टाइटन्सलाई ९९ रनको विशाल अन्तरले पराजित गर्यो। यो यस सिजनको अहिलेसम्मकै फराकिलो जित हो। यसअघि मुम्बई इन्डियन्सले लगातार चार खेलमा पराजय व्यहोरेको थियो ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९९ रन बनायो। मुम्बईको सुरुवात निकै खराब थियो। पावरप्लेमा टोलीले मात्र ४८ रन जोड्दा ३ महत्वपूर्ण विकेट गुमाइसकेको थियो। ओपनर क्विन्टन डी कक १३ रन, डेब्यु खेल खेलिरहेका दानिश मालेवर २ रन र नमन धीर ४५ रन बनाएर आउट भए।

त्यसपछि पाँचौँ नम्बरमा मैदान प्रवेश गरेका तिलक वर्माले विष्फोटक ब्याटिङ गर्दै टोलीको इनिङ्स सम्हाले। उनले मात्र ४५ बलमा ८ चौका र ७ छक्काको मद्दतले १०१ रनको शतकीय पारी खेले। गुजरातका तर्फबाट कागिसो रबाडाले ३ विकेट लिए। २०० रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्सको सुरुवात झनै निराशाजनक रह्यो। इनिङ्सको पहिलो बलमै जसप्रित बुमराहले साई सुदर्शनलाई आउट गरे। गुजरातले पावरप्लेमा ४५ रन बनाउँदा जोस बटलर (५ रन) र कप्तान शुभमन गिल (१४ रन) सहित ३ विकेट गुमाएको थियो।

मध्यक्रममा अश्विनी कुमारले घातक बलिङ गर्दै गुजरातको ब्याटिङ लाइनअप ध्वस्त पारे। उनले ४ विकेट लिने क्रममा राहुल तेवतिया (८ रन), शाहरुख खान (१७ रन) र राशिद खान (४ रन) लाई पभिलियन फर्काए। अन्ततः गुजरातको टोली १५.५ ओभरमा मात्र १०० रनमा अलआउट भयो। यस जितसँगै मुम्बई इन्डियन्स ४ अङ्क जोड्दै तालिकाको सातौँ स्थानमा उक्लिएको छ। पराजयका बाबजुद गुजरात टाइटन्स छैटौँ स्थानमा कायमै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर