भूपदेव शाह रास्वपाको महामन्त्री चयन

काठमाडौं ।  प्रधानमन्त्री बालेन शाह निकट भूपदेव शाह रास्वपाको महामन्त्री चयन भएका छन् । आज  सोमबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । शाह यसअघि पार्टीमा केन्द्रीय सदस्य थिए ।

काठमाडौं महानगरपालिकाको तत्कालीन मेयर बालेन शाहले रास्वपा प्रवेश गर्दा भूपदेव पनि समाहित भएका थिए । फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए । यसैबीच सागर ढकाल र श्री ज्ञवालीलाई सचिवालयमा राख्ने प्रस्ताव पारित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर