आईपीएल : सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्स विजयी

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा साविक विजेता चेन्नई सुपर किंग्सको सङ्घर्ष जारी रहेको छ। शनिबार राति राजीव गान्धी स्टेडियममा भएको रोमाञ्चक भिडन्तमा सनराइजर्स हैदराबादले चेन्नईलाई १० रनले पराजित गर्दै स्तब्ध बनाएको हो। यो हारसँगै चेन्नईले जारी सिजनमा चौथो पराजय व्यहोरेको छ।

पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९४ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। हैदराबादको इनिङ्सलाई मजबुत बनाउन हेनरिक क्लासेन र अभिषेक शर्माले विष्फोटक ब्याटिङ गर्दै समान ५९–५९ रनको योगदान दिए। बलिङतर्फ चेन्नईका ज्यामी ओभरटन र अंशुल कम्बोजले ३–३ विकेट लिए पनि हैदराबादको रन गति रोक्न भने असफल रहे।

१९५ रनको लक्ष्य पछ्याएको चेन्नईले पुरै २० ओभर खेले पनि ८ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो। चेन्नईको ब्याटिङ लाइनलाई ध्वस्त पार्न हैदराबादका इशान मलिङ्गाले जादुमयी बलिङ गरे। उनले ३ विकेट लिने क्रममा कप्तान ऋतुराज गायकवाड, म्याथ्यू सर्ट र सरफराज खान जस्ता मुख्य ब्याटरलाई आउट गरे। त्यस्तै नीतीश कुमार रेड्डी र प्रफुल्ल हिङ्गेले २–२ विकेट लिएपछि चेन्नई लक्ष्यभन्दा १० रन टाढा रोकियो।

शनिबारकै अर्को खेलमा दिल्ली क्यापिटल्सले सानदार प्रदर्शन गर्दै रोयल च्यालेन्जर्स बेंगलुरुलाई ६ विकेटले पराजित गरेको छ। यी खेलहरूको नतिजाले अङ्क तालिकामा समेत रोचक फेरबदल ल्याएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर