एसपीपी र एमसिसी खारेज गर्न दुर्गा प्रसाईंको आग्रह

काठमाडौं । सामाजिक अभियन्ता दुर्गा प्रसाईंले सरकारसँग अमृरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) खारेज गर्न आग्रह गरेका छन् ।

प्रसाईंले आज शनिबार आयोजित पत्रकार सममेलनमा भने, तपाईँहरूसँग बहुमत छ, निर्णय गर्नुस, एसपीपी र एमसिसी किन खारेज नगरेको ? ” । उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एसपीपी सम्झौता अगाडि नबढाउने भनी गरेको निर्णय कोट्याउँदै वर्तमान सरकारलाई ती अमेरिकी सम्झौता खारेज गर्न आग्रह गरे ।उनले फेरि भने, “‘सरकारलाई म के भन्छु भने क्याबिनेटबाट निर्णय गरेर हिन्दु राज्य कायम गरियोस्। ‘हिन्दु राष्ट्र ल्याइदिनुस राजसंस्था ल्याइदिनुस् । यदि यस्तो निर्णय हुन्छ भने चुनाव नै आवश्यक पर्दैन, म सडकमा उभिन्छु’, उनले भने ।

त्यस्तै उनले सर्वदलीय सरकार गठन गरी संविधान संशोधन गर्नुपर्ने धारणा पनि व्यक्त गरे । ‘पहिला संविधान संशोधन गरौँ, सर्वपक्षीय सरकार बनाऔँ, नमिलेका कुरा मिलाऔँ अनि मात्र चुनावमा जाऔँ भन्ने मेरो धारणा थियो’, उनले भने, ‘तर हतारमा चुनाव गराइयो ।’ उनले अहिलेको राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारलाई जनताको अपेक्षाअनुसार निर्णय गर्न आग्रह गरे ।

पत्रकार सम्मेलनमा संयोजक दुर्गा प्रसाईंले विद्यार्थी संगठनको नेतृत्वमा आन्दोलन गरिने जानकारी दिँदै सरकारले यस्ता संगठनहरू खारेज गर्ने प्रयास नगर्न चेतावनी दिए । ‘एक हप्ताभित्र मूल्य फिर्ता नभए हामी आन्दोलनमा जान्छौं,’ उनले भने, ‘विद्यार्थी संगठन आवाज उठाउनका लागि आवश्यक छन् ।’ उनले विगतमा सानो मूल्यवृद्धिमा समेत आन्दोलन हुने गरेको स्मरण गर्दै अहिले ठूलो वृद्धि हुँदा पनि विद्यार्थी संगठनहरू मौन रहेको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर