प्रचण्ड कुनै पनि प्रकारको छानबिनका लागि तयार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विगतका निर्णयहरूको जिम्मेवारी लिन आफू तयार रहेको स्पष्ट पार्दै सबै किसिमको छानबिनका लागि आफू तयार रहेको बताएका हुन्। ‘मेरै पालामा निर्णय गरेको हो भनेर मैले धेरै चोटी भनिसकेँ। सम्पूर्ण छानबिनका लागि म तयार छु,’ उनले भने।
उनले आफ्नो कार्यकालमा भएका निर्णयहरू पारदर्शी रहेको र त्यसको सामना गर्न आफू डराउनु नपर्ने जिकिर गरे। वर्तमान सरकारको कार्यशैली बारेमा प्रचण्डले अहिले नै टिप्पणी गर्ने बेला नभएको बताए।
प्रतिक्रिया
