चेन्नईको लगातार तेस्रो हार, बैंगलुरू ४३ रनले विजयी
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्स (सीएसके) ले लगातार तेस्रो पराजय भोगेको छ। चिन्नास्वामी स्टेडियममा आइतबार भएको दोस्रो खेलमा घरेलु टोली रोयल च्यालेन्जर्स बैंगलुरू (आरसीबी) ले चेन्नईलाई ४३ रनले पराजित गर्यो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलुरूले निर्धारित २० ओभरमा २५० रनको विशाल योगफल तयार पारेको थियो, जुन यस सिजनकै उच्च स्कोर हो। प्रत्युत्तरमा चेन्नईले २० ओभरमा २०७ रन मात्र बनाउन सक्यो।
बैंगलुरूको जितमा टिम डेभिडले विष्फोटक ब्याटिङ गर्दै २५ बलमा ८ छक्काको मद्दतले ७० रनको योगदान दिए। त्यस्तै कप्तान रजत पाटीदारले ४८, फिल साल्टले ४६, देवदत्त पडिक्कलले ५० र विराट कोहलीले २८ रन बनाए।
बलिङतर्फ चेन्नईका लागि भुवनेश्वर कुमारले ३ विकेट लिए भने अभिनन्दन सिंह, ज्याकोब डफी र क्रुणाल पाण्ड्याले २-२ विकेट हात पारे। यसै खेलमार्फत भुवनेश्वर कुमारले आईपीएल मा आफ्नो २०० विकेट पनि पूरा गरेका छन्।
लक्ष्य पछ्याउने क्रममा चेन्नईका लागि प्रशान्त वीरले ४३ र जेमी ओभरटनले ३७ रन जोडे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन। बलिङमा ओभरटन, अंशुल कम्बोज र शिवम दुबेले १-१ विकेट लिएका थिए।
चेन्नई यसअघि राजस्थान रोयल्स र पञ्जाब किंग्ससँग पनि पराजित भइसकेको छ। अर्कोतर्फ, बैंगलुरूले आफ्नो पहिलो खेलमा सनराइजर्स हैदरावादलाई हराएको थियो।
