बादलको अभिव्यक्तिको एमालेभित्र आज चिरफार हुने
काठमाडौं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष तथा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ को अभिव्यक्तिलाई सचिवालय बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बिहीबारको पहिलो बैठकमा नेता बादलले हिजो बोलेका कुरा उपाध्यक्ष विष्णु पौडैलले बादलले बोलेको विषयमा पार्टीको नीति र मान्यताविपरीत रहेको प्रष्ट्याएका छन् । सचिवालयको बैठक दिउँसो १ बजेलाई तय गरिएको छ ।
यसैगरी अर्का उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले पनि बादलको प्रस्तुतिप्रति आलोचना गरेका छन् । उपाध्यक्ष पौडेलले आजको बैठकले गम्भीर छलफल गर्ने र उचित निर्णय लिने अपेक्षा गरेको बताएका छन् । बादलको अभिव्यक्ति शैली संसदीय मर्यादाविपरीत रहेको भन्दै एमालेमा आन्तरिक आलोचना बढेको छ ।
प्रतिक्रिया
