पूर्णबहादुर खड्कालाई सचेत : अब के गर्लान् देउवा पक्ष ?

काठमाडौं ।  नेपाली कांग्रेसले अनधिकृत विज्ञप्ति जारी गरेको भन्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सचेत गराएको छ । पार्टीको केन्द्रीय अनुशासन विभागको बुधबार बसेको बैठकले खड्कालाई अब यस्ता गतिविधि नगर्न सचेत गराउने निर्णय गरेको हो ।

‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा पार्टीको नक्कली लेटरप्याड बनाएर आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीमा छु भनी मिति २०८२ चैत १४ गते अनाधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकाले सचेत गराइएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘अब उप्रान्त यस्ता किसिमको गलत काम गर्ने ती व्यक्तिउपर नेपाली कांग्रेसको विधान र प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर