महन्थ ठाकुर र रवि लामिछानेबिच भेट

काठमाडौं । राष्ट्रियसभाका सदस्य तथा जसपा नेता महन्थ ठाकुर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको निवासमा मंगलबार भेटवार्ताका लागि पुगेका छन्।

लामिछानेको सचिवालयका अनुसार ठाकुर सभापति रविलाई भेट्न उनको निजी निवास बुढानीलकण्ठ पुगेका थिए। भेटवार्तामा वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी भयो। पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुवै पक्ष एकमत भएका छन्।

यसैगरी सभापति लामिछानेसँग आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पनि भेटेका छन्। सभापति लामिछानेको निवास बुढानीलकण्ठ पुगेर अध्यक्ष साहले आज बिहान भेट गरेका हुन्। भेटमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ। देश र अझ विशेषगरी मधेसले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात् गरि पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा छलफल केन्द्रित भएको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर