के कांग्रेसको कारवाहीमा पर्दैछ पूर्णबहादुर ?

काठमाडौं ।  पूर्णबहादुर खड्काले ‘कार्यवाहक सभापति’ का रूपमा विज्ञप्ति जारी गरेको विषयलाई नेपाली कांग्रेसले गम्भीर रूपमा लिएको छ। शनिबार बिहान नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकलाई गिरफ्तार गरेको विरोधमा खड्काले कार्यवाहक सभापतिको नाममा विज्ञप्ति निकालेका थिए।

पार्टीको संस्थागत निर्णयभन्दा बाहिर गएर खड्काले विज्ञप्ति निकालेको कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले  बताए। उनले भने, ‘एउटा संवैधानिक चरण पार गरेर आम निर्वाचनमार्फत देश पनि अगाडि बढेको छ। पार्टी पनि अगाडि बढेको छ। यो बेलामा यसरी पार्टीको अफिसयल्ली विज्ञप्ति जारी गर्ने कुरा पार्टीको मर्यादा र अनुशासनभित्रको कुरा होइन। उहाँले कार्यवाहक सभापतिको रूपमा विज्ञप्ति निकाल्ने कुरा पार्टी अनुशासन बाहिरको विषय हो। हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर