रास्वपाले कालान्तरमा हराएर जाने काम नगर्न महावीर पुनको चेतावनी

काठमाडौं ।  म्याग्दी जिल्लाबाट स्वतन्त्ररूपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित महावीर पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई भ्रष्टाचार नियन्त्रणको मुद्दामा कडा चेतावनी दिएका छन् । पुनले यदि रास्वपाले भ्रष्टाचार रोक्न प्रभावकारी कदम चाल्न सकेन भने यो पार्टी पनि कालान्तरमा हराएर जाने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पुनले आगामी सरकारले कार्यभार सम्हालेको पहिलो दिनदेखि नै भ्रष्टाचारीहरूविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुनुपर्ने बताए । उनले लेखेका छन्, ‘रास्वपाको नेतृत्वमा बन्ने वा सहभागी हुने सरकारले कानुनी प्रक्रिया पुर्‍याएर भ्रष्टाचारीहरूलाई कहिल्यै उठ्न नसक्ने गरी नंग्याउनुपर्छ ।’

पुनले विद्यमान ऐन-नियमहरू भ्रष्टाचार नियन्त्रणमा बाधक देखिएमा तत्काल नयाँ नियमहरू बनाएर भए पनि सुशासनको प्रत्याभूति दिलाउन सुझाव दिएका छन् । सरकारले कार्यभार सम्हालेको तीन महिनाभित्रै आम सर्वसाधारणले सुशासनको प्रत्यक्ष अनुभूति गर्न पाउनुपर्ने सर्त उनले अघि सारेका छन् । मुलुकबाट भ्रष्टाचार र कुशासन हटाउने अभियानमा सरकारलाई आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत पुनले व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर