सभापति थापाको राजीनामा अस्वीकृत हुन्छ : शर्मा
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकमा सभापति गगन थापाको राजीनामासँगै त्यसलाई अस्वीकृत गर्ने प्रस्ताव पेस गर्ने बताएका छन्।
केन्द्रीय कार्यसमितिको बैठकको पूर्वसन्ध्यामा बिहीबार एक्समार्फत उपसभापति शर्माले सभापति थापाको राजीनामामा अस्वीकृतको प्रस्ताव पेस हुने बताएका हुन्। ‘नैतिक जिम्मा लिन्छु भन्नू सकारात्मक। तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो,’ शर्माले लेखेका छन्, ‘बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्विकृत गर्ने प्रस्ताव पेस हुनेछ।’
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्दै छ। प्रतिनिधि सभाको निर्वाचनपछि पहिलो पटक कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो।
प्रतिक्रिया
