राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता चयन गरेको छ। राप्रपा केन्द्रीय कार्यालयले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी शाहीलाई संसदीय दलको नेता चयन गरिएको जनाएको छ।
यस्तै, खुश्वु ओली प्रमुख सचेतक चयन भएकी छन्। राप्रपाले प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षमा एक र समानुपातिक चार गरी पाँच सिट जितेको छ। शाही जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने ओली समानुपातिक सांसद हुन्।
प्रतिक्रिया
