यी हुन् राप्रपाका चार समानुपातिक सांसद

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रिक्त रहेका चारजना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ। आइतबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले विभिन्न क्लस्टरबाट निर्वाचन आयोगमा पठाउने नामहरूको अन्तिम निर्णय गरेको हो।

बैठकले खस आर्य पुरुषतर्फ भरत गिरी, मुस्लिम पुरुषमा ताहिर अली र खस आर्य महिलामा खुश्वु ओलीलाई सिफारिस गरेको छ। त्यस्तै, जनजाति महिलातर्फ धादिङकी सरस्वती लामाको नाम छनोट भएको छ।  सरस्वती लामाको चयनले चर्चा पाएको छ। सरस्वती राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर