श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसदको नामावली
काठमाडौं । श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ। सो पार्टीले समानुपातिकतर्फ ४ जनाको नामावली टुंग्याएको हो।
पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बू, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र खस आर्य महिलाबाट अम्बिका संग्रौलालाई समानुपातिक सांसदका लागि सिफारिस गरेको छ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ४ जना सांसद पाउने गरी मत पाएको छ। प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ३ लाख ८५ हजार ९०२ मत पाएको छ।
प्रतिक्रिया
